अमेरिकी स्वयम्सेवकको पहलमा बनेको विद्यालय अहिले उपेक्षित, शिक्षामा गिरावट

अमेरिकी स्वयम्सेवकको पहलमा बनेको विद्यालय अहिले उपेक्षित, शिक्षामा गिरावट

जनकपुरधाम ,२५  माघ । वर्षअघि अमेरिकी स्वयम्सेवक बीलसेन सोन पिस कार्प नेपाल आएर जनकपुरधामको भ्रमणमा गंगासागर र धनुषसागरको बीचमा रहेको झुलाघरमा बालबालिका पढाउने विद्यालय देखे। साउन महिनामा झुलनोत्सवका लागि बनाइएको जीर्ण भवनमा बालबालिकाहरू पढ्दै थिए, छत चुहिँदै थियो र पर्खालहरू भत्किन लागेको थियो। बीलसेनले तत्कालै जीर्ण संरचना हटाएर नयाँ भवन बनाउन आर्थिक सहयोग गरे।

 

सन् २००० मा बीलसेनले ७ लाख ३८ हजार नेपाली रुपैयाँ खर्च गरी विद्यालयको नयाँ भवन बनाइदिए। यसपछि जिल्लाका केही स्थानीय नागरिक र सरकारी निकायहरूले पनि आर्थिक सहयोग गरे, जसबाट विद्यालयको भवन निर्माण सम्भव भयो।

 

निर्माण सम्पन्न भए पनि जनकपुरधाम नगरपालिकाले भने विद्यालय सुधारका लागि कुनै तत्परता देखाएन। यो विद्यालयको सुरुवात राणाशासन कालमै गुरुकुलको रूपमा भएको थियो, र पछि राजर्षीजनक बाल राष्ट्रिय प्राथमिक विद्यालयको रूपमा औपचारिक रूपमा दर्ता गरियो। संघीय संरचनामा देशभरका विद्यालयहरू अपग्रेड हुँदा यो विद्यालय पनि आधारभूत विद्यालयमा परिणत भयो। तर, शैक्षिक स्तरमा सुधार आउनुको सट्टा गिरावट देखियो।

जनकपुरधाम नगरपालिकाको नेतृत्व लालकिशोर साहले सम्हालेपछि विद्यालयको महत्व नबुझी उनले यसलाई बन्द गर्ने निर्णय गरे। विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई अन्य विद्यालयमा सरुवा गरियो। तर, विद्यालयका विद्यार्थीहरूले खानेपानी, सौचालय, र शिक्षक अभावमा गुज्रिरहेका छन्। प्रधानाध्यापक बनारसीदेवी यादवले विद्यालय बन्दको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरिन्, तर नगरपालिकाले कुनै ध्यान दिएको छैन।

अहिले विद्यालयमा ११३ विद्यार्थी भए पनि प्रधानाध्यापक र एक शिक्षक मात्रै बाँकी छन्। विद्यालयमा बालकक्षा देखि कक्षा पाँचसम्मका विद्यार्थीहरू छन्, तर शैक्षिक गुणस्तरमा सुधार नआउँदा स्थानीय बालबालिकाको भविष्य अनिश्चित देखिन्छ। प्रधानाध्यापक यादवको अवकाश पाउन दुई वर्ष बाँकी छ, तर उनले नगरपालिकासँग शिक्षक र पूर्वाधारको माग गर्दै विद्यालयलाई बचाउन निरन्तर संघर्ष गरिरहेकी छिन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार