काठमाडौं, २३ माघ । जसपा नेपालको कार्यदलले सरकारको पक्षमा उभिन सक्ने सङ्केत दिएको छ। कार्यदलका संयोजक नेता राजकिशोर यादवका अनुसार मङ्गलवार र बुधवार विभिन्न सरोकारवालासँग छलफल भए पनि प्रतिवेदन अझै तयार भएको छैन। यादवले पार्टीलाई बिहीबार प्रतिवेदन बुझाउने तयारी गरेका छन्।
बुधवार कार्यदलका सदस्यहरूले विज्ञहरूसँग थप छलफल गरेका थिए। यादवले भने, ‘अन्तिम निर्णय पार्टीको संसदीय दलले गर्नेछ। त्यसका लागि आन्तरिक विश्लेषणपछि प्रतिवेदन बुझाइनेछ।’ उनले अध्यादेशको कन्टेनको आधारमा अध्ययन भइरहेको र अबको निर्णयमा पुग्न तयार रहेको बताए।
यादवले भने, ‘हामी अध्यादेशमार्फत मात्र सरकार सञ्चालन नदिनु पर्ने सैद्धान्तिक विचारमा छौं।’ अध्यादेशका केही पक्ष सकारात्मक भए पनि केही पक्षमा गम्भीर आपत्ति रहेको छ। प्रतिवेदनपछि पार्टीको संसदीय दलले आगामी निर्णय गर्नेछ।




प्रतिक्रिया !