लोक आवाज ,जनकपुरधाम ,१६ माघ भारतको उत्तरप्रदेशस्थित महाकुम्भ मेलामा मंगलबार राति भएको भागदौडमा ठूलो जनधनको क्षति भएको छ। बीबीसीको रिपोर्ट अनुसार, घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको बताइएको छ। यद्यपि, आधिकारिक रूपमा कति जनाको मृत्यु भएको र कति घाइते भएका छन् भन्ने विषयमा पुष्टी भने अझै हुन बाँकी छ।
भागदौडको कारण थाहा नभए पनि मेलामा पुगेका श्रद्धालुहरूबीच त्रास र भयको माहोल छाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए अनुसार, घटनापछि मेला क्षेत्रमा पाएको सम्पत्ति क्षतिसँगै छरपस्ट रूपमा कम्बल, लुगाफाटो, चप्पलजुत्ता फैलिएको दृश्य देखिएको छ।

महाकुम्भ मेला धार्मिक विश्वासका कारण विश्वभरका लाखौँ श्रद्धालुहरू एकत्रित हुने स्थल हो, जहाँ हरेक वर्ष मानिसहरूको ठूलो भीड जम्मा हुन्छ। यो वर्ष पनि त्यही भीड व्यवस्थापनको अभाव र अचानक उत्पन्न परिस्थितिका कारण भागदौडको घटना घटेको अनुमान छ।
मेलामा भएको घटनाले श्रद्धालुहरूमा भयावह अवस्था सिर्जना गरेको छ। अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ भने सरकारी निकायहरूले घाइतेहरूको उपचार र मृतकहरूको पहिचान गर्न प्रयास गरिरहेका छन्। मेलामा उपस्थित रहेका कतिपय श्रद्धालुहरूले उद्धारका लागि सहयोगको अपिल गरिरहेका छन्।

भारत सरकार र स्थानीय प्रशासनले घटनाको छानबिन गर्दै स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ भने सुरक्षामा ध्यान नदिई यस्तो घटना दोहोरिन नदिन आवश्यक कदम उठाउने वाचा गरेको छ।




प्रतिक्रिया !