जनकपुरधाममा विद्यार्थी बोकेको बस दुर्घटना: हुस्सु र उच्च गति बने कारण

जनकपुरधाममा विद्यार्थी बोकेको बस दुर्घटना: हुस्सु र उच्च गति बने कारण

लोक आवाज ,जनकपुरधाम, १६ माघ  । बुधबार बिहान धनुषाको ठेरा चोकमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। जनकपुरस्थित एजुकेशनल पोइन्ट एकेडेमीको मधेश प्रदेश ०२ ००१क ०८७१ नम्बरको बस ठेरा र थुमौनाको बीचमा सडकबाट तल खसेर पल्टिएको हो। दुर्घटनामा दुई बालबालिका घाइते भएका छन्।

 

बस गाउँबाट विद्यार्थी संकलन गरेर जनकपुर फर्किंदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको हो। प्रहरीले घटनापछि बालबालिकाहरुको उद्धार गरी घर पठाएको जनाएको छ।

प्रहरीका अनुसार सडकमा बाक्लो हुस्सु लागेका कारण भिजिबिलिटी कम थियो, जसले गर्दा चालकले बसको गति नियन्त्रण गर्न सकेनन्। साथै, समयमा विद्यार्थीहरूलाई स्कूल पुर्‍याउने हतारोले बस अत्यधिक गतिमा रहेको थियो, जसले दुर्घटनालाई थप निम्त्यायो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार