लोक आवाज जनकपुरधाम, १५ माघ । विदेह नगरपालिकामा कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोईत देवेन्द्रलाई दिइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले यो जिम्मेवारी दिएका हुन्।
नगरप्रमुख बेचन दास मंगलबारदेखि जिल्लाबाहिर भ्रमणमा जानु पर्ने भएकाले उनको अनुपस्थितिमा नगरपालिकाको दैनिक कामकाजलाई सहज बनाउन कार्यवाहक नगरप्रमुख तोकिएको हो। नगरप्रमुखको अनुपस्थितिमा नगरपालिका व्यवस्थापनमा कुनै अवरोध नआओस् भनी वडाध्यक्ष गोईतले पालिकाको दायित्त्व सम्हाल्नेछन्।
नगरप्रमुख दासले भ्रमण सकिएपछि फर्केर आएसम्मको लागि वडाध्यक्ष गोईतले पालिकाका नियमित कामहरू, जनप्रतिनिधिहरूसँग समन्वय, र विकास योजनाहरूको अनुगमन गर्नेछन्। यसबाहेक नगरपालिकाको प्रशासनिक तथा जनताको आवश्यकतासम्बन्धी कार्यसमेत उनले नै अघि बढाउनेछन्।
यस जिम्मेवारीले राधेश्याम गोईतलाई पालिकामा थप नेतृत्व गर्ने अवसर प्रदान गरेको छ भने जनताको सेवा सुचारु राख्न महत्वपूर्ण योगदान रहने अनुमान गरिएको छ।



प्रतिक्रिया !