सुनिल साह
जनकपुरधाम, माघ १५ – भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख सिंहलाल स्याङ्वाले माघ १३ गते आइतबार गुठी संस्था उद्देश्वर नाथ महादेवको नाममा रहेको ७२ विघा जग्गामध्ये ९ कठ्ठा ६ धुर जग्गा गाउँपालिकाको नाममा हस्तान्तरण गरेका छन्। उक्त जग्गा भवन निर्माणका लागि आवश्यक भएकोले केन्द्रीय कार्यालय गुठीबाट सिफारिस गरी मालपोत मुआब्जा तिरी लालपुर्जा तयार गरिएको हो।
भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख सिंहलाल स्याङ्वाले आइतबार धनौजी गाउँपालिकाका अध्यक्ष साहलाई औपचारिक रूपमा लालपुर्जा हस्तान्तरण गरे। यो जग्गा धनौजी गाउँपालिका -२ का नाममा लालपुर्जा जारी गरिएको हो। अब गाउँपालिकाले उक्त जग्गामा आफ्ना लागि भवन निर्माण गर्न सक्नेछ।
अध्यक्ष साहका अनुसार, यो कदमले गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ। उनले भनें, “गाउँपालिका भवनको अभावमा जनताले सेवा प्राप्त गर्न कठिनाइ भोग्नुपरेको थियो। अब हामी छिट्टै भवन निर्माण कार्य सुरु गर्नेछौं।”

यो हस्तान्तरणले धनौजी गाउँपालिकामा विकासका अन्य योजनाहरूलाई पनि गति दिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !