धनुषामा दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि ‘दुई मिनेट कार्यक्रम’ सुरु

धनुषामा दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि ‘दुई मिनेट कार्यक्रम’ सुरु

जनकपुरधाम, १४ माघ। धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ नामक ट्राफिक सचेतना अभियान सुरु गरेको छ।

 

यो कार्यक्रम धनुषा जिल्लाका विभिन्न ट्राफिक पोस्टमार्फत सञ्चालन भइरहेको छ। दुई पाङ्ग्रे सवारीले ७० प्रतिशत दुर्घटना गराउने तथ्यांकले सचेतनाको आवश्यकता देखिएको हो। कार्यक्रमको उद्देश्य सवारी चालकलाई सुरक्षित यात्राका लागि जानकारी दिनु र ट्राफिक नियम पालना गर्न प्रोत्साहन गर्नु हो, भनी प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

 

पछिल्लो समय दुई पाङ्ग्रे सवारीको वृद्धिले दुर्घटनाको जोखिम बढाएकाले यस्तो कार्यक्रमको आवश्यकता पहिचान गरिएको छ।

कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीले चालकहरूलाई हेल्मेटको अनिवार्यता, गति नियन्त्रण, र अन्य सुरक्षासम्बन्धी जानकारी दिनेछन्। दुई मिनेटभित्र सुरक्षा सन्देश प्रदान गर्दै, यो कार्यक्रमले चालकहरूलाई ट्राफिक नियम पालनाबारे सचेत बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।

 

प्रहरी निरीक्षक वलीका अनुसार, सुरक्षित सवारीको महत्त्वबारे जनचेतना अभिवृद्धिले दुर्घटनाको दर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार