जनकपुरधाम, १३ माघ — जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा रहेको रामलला लक्ष्मी फर्निचर उद्योगमा शनिबार बिहान भीषण आगलागी भएको छ। आगलागीबाट लाखौं मूल्य बराबरका फर्निचर र अन्य सामग्री जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणमा लिन जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीले बारुणयन्त्रको सहायतामा निरन्तर प्रयास गरिरहेका छन्। आगलागीको कारण अझै खुल्न सकेको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान जारी राखेको जनाएको छ।
थप क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ। आगलागीबाट भएको क्षतिको अनुमान अझै ठ्याक्कै आइनसके पनि प्रारम्भिक जानकारी अनुसार लाखौं रुपैयाँको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ।



प्रतिक्रिया !