३७ डीएसपी एसपीमा बढुवा सिफारिस

३७ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं  , १२ माघ । नेपाल प्रहरीका ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो।

 

उनीहरूको सिफारिस सूची प्रहरी प्रधान कार्यालय, बढुवा शाखाले सार्वजनिक गरेको छ। बढुवामा सिफारिस भएका अधिकारीहरूले विभिन्न जिल्लामा कार्यरत रहँदै आफ्नो सेवा प्रदान गरिरहेका छन्।

 

बढुवा समितिको यो निर्णयले बढुवामा परेका डीएसपीहरूलाई एसपी तहमा अगाडि बढ्न अवसर दिनेछ भने संगठनको नेतृत्वदायी क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ।

 

बढुवा सिफारिसमा परेका ३७ जनाको नामावली र उनीहरूको कार्यक्षेत्र सम्बन्धी विस्तृत विवरण प्रहरी प्रधान कार्यालयमा उपलब्ध छ।

 

                                                   बढुवा सूची हेर्नुहोस्:

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार