१७ जना एसपीको सरुवा: पर्सामा मिश्र, काठमाडौंमा बोहरा

१७ जना एसपीको सरुवा: पर्सामा मिश्र, काठमाडौंमा बोहरा

काठमाडौं  १२ माघ ।  प्रहरी प्रधान कार्यालय, नक्सालले १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आईजीपीस्तरीय निर्णयअनुसार १७ जना एसपीको सरुवा गरेका हुन्।

 

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेललाई नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखा, नक्सालमा सरुवा गरिएको छ भने उनका स्थानमा मानव बेचविखन अनुसन्धान ब्युरो, अनुसन्धान व्यवस्थापन शाखामा कार्यरत एसपी गौतम मिश्रलाई जिम्मेवारी दिइएको छ।

 

त्यसैगरी, ललितपुर परिसरमा कार्यरत एसपी नवरत्न पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरी शाखा, पुल्चोकमा र काठमाडौं उपत्यका प्रहरी कार्यालय, अन्वेषण योजना तथा विकास शाखामा कार्यरत एसपी नरहरि रेग्मीलाई ललितपुर परिसरमा सरुवा गरिएको छ।

 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत एसपी अपिल राज बोहरालाई काठमाडौं परिसरमा सरुवा गरिएको छ।

 

 

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार