महाराष्ट्रको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु, ७ जना घाइते

महाराष्ट्रको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु, ७ जना घाइते

मुम्बई । भारतको महाराष्ट्र राज्यस्थित भण्डारामा रहेको सेनाको हतियार कारखानामा विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। विस्फोट शुक्रबार बिहान स्थानीय समयअनुसार करिब १०:३० बजे भएको थियो।

 

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटको आवाज पाँच किलोमिटर टाढासम्म सुनिएको थियो। विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन।

 

विस्फोटपछि हतियार कारखानाको एउटा छत भत्किएको र जेसीबीको मद्दतमा भग्नावशेष पन्छाउने काम भइरहेको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनास्थलमा १३–१४ जना मानिसहरू फसेको जानकारी दिएको बताएका छन्।

 

यो कारखाना भारतीय सेनाका लागि विभिन्न हतियार तथा विस्फोटक पदार्थ उत्पादन गर्ने प्रमुख स्थान हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार