भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा चार नेपालीसहित १९ जनाको मृत्यु

भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा चार नेपालीसहित १९ जनाको मृत्यु

एजेन्सी, १० माघ । भारतमा पुष्पक एक्सप्रेसको दुखद दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ, जसमा चार नेपाली नागरिक पनि रहेका छन्। मृतकहरूमध्ये १२ जनाको पहिचान भइसकेका  छन्। प्रहरीका अनुसार, मृतकका आफन्तहरूसँग सम्पर्क भइरहेको छ।

 

 

बुधबार साँझ ५ बजे जलगांव नजिकै पुष्पक एक्सप्रेसमा आगलागीको अफवाह फैलिएको थियो, जसले यात्रुहरूलाई आत्तिँदै झ्यालबाट हाम फाल्न प्रेरित गर्‍यो।

 

दुर्भाग्यवश, झ्यालबाट फालेका ती यात्रुलाई अर्को लिकबाट आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भयो। कयौँ यात्रु घाइते भएका छन्, जसको उपचार भइरहेको बताइएको छ।

 

प्रहरीले चार जना नेपाली नागरिकको सनाखत गरेको छ, जसमा ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षीय लच्छीराम कन्नु पाशी, १० वर्षीय हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी रहेका छन्। यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए।

 

दुर्घटनामा घाइते भएका १० जना यात्रुको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार