वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रीको मृत्यु

वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रीको मृत्यु

वीरगञ्ज, माघ ९। वीरगञ्जमा मंगलबार स्कुल बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसले ठक्कर दिँदा बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो।

 

अन्सारीलाई वीरगञ्ज महानगरपालिका स्थित बाइपासमा ठक्कर दिएको थियो, जसको परिणामस्वरूप उनी गम्भीर घाइते भए। उपचारका लागि नारायणी अस्पताल पुर्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टका अनुसार, सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र बसलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अघि बढाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार