काठमाडौं माघ ९। नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) अनुसार सदस्यहरूको मनोनयन गरेका हुन्। विभागको प्रमुखमा कृष्णचन्द्र नेपाली रहेका छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन्।
यी सदस्यहरूको मनोनयनले प्रदेश समन्वय विभागलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।




प्रतिक्रिया !