धनुषामा घरेलु र सामाजिक हिंसामा वृद्धि: आर्थिक असमानता, मादक पदार्थको सेवन प्रमुख कारण – एसपी तिवारी

धनुषामा घरेलु र सामाजिक हिंसामा वृद्धि: आर्थिक असमानता, मादक पदार्थको सेवन प्रमुख कारण – एसपी तिवारी

जनकपुरधाम, ८ माघ   जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले घरेलु हिंसा तथा सामाजिक हिंसामा वृद्धि भएको बताउँदै यसका प्रमुख कारणहरूमा आर्थिक असमानता, मादक पदार्थको सेवन, र पारिवारिक संघर्ष रहेको औंल्याएका छन्। उनका अनुसार, यी हिंसात्मक घटनाहरू प्रायः महिलाहरू र बालबालिकामाथि शारीरिक, मानसिक, र यौन दुव्र्यवहारका रूपमा देखापर्छन्।

 

तिवारीले घरेलु हिंसाका प्रमुख कारकहरूमा पितृसत्तात्मक मानसिकता, समाजिक दबाब, र आर्थिक अवस्था उल्लेख गरेका छन्। धनुषामा जातीय र लिङ्ग भेदभावका साथै शोषणले समाजिक समरसता र शान्तिपूर्ण जीवनमा चुनौती खडा गरिरहेको छ।

 

२०७८/०७९ देखि २०८०/०८१ सम्म सामाजिक हिंसाका उजुरीहरूको संख्या क्रमशः बढ्दै गएको छ। २०७८/०७९ मा ५६८ उजुरी दर्ता भएका थिए भने २०८०/०८१ मा ७८१ उजुरी दर्ता भएका छन्।

एसपी तिवारीले समाजमा हिंसाविरुद्ध कानूनी कदमहरू प्रभावकारी हुन नसकेको र समाजको संवेदनशीलता अभावले समस्यालाई अझै जटिल बनाइरहेको बताएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार