काठमाडौँ । एक दर्जन मुद्दामा फरार महिलालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगन्ज घर भएकी सुधा बस्नेत छिन् ।
उनीविरुद्ध केश कुमार श्रेष्ठ समेतले जाहेरी दिएका थिए । उनीविरुद्ध ९० लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना असुल गर्नुपर्ने अदालतको फैसला छ । बस्नेतलाई उच्च अदालत पाटनमा उपस्थित गराइएको एसपी आचार्यले जानकारी दिए ।




प्रतिक्रिया !