सुनसरीमा भरूवा बन्दुकसहित ५ जना पक्राउ

सुनसरीमा भरूवा बन्दुकसहित ५ जना पक्राउ

सुनसरी । सुनसरीमा भरूवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थान सहित इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार