दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको झूठो र नकारात्मकता फैलाइएकोः प्रधानमन्त्री केपी शर्मा ओली

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको झूठो र नकारात्मकता फैलाइएकोः प्रधानमन्त्री केपी शर्मा ओली

२९ पुस, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका सभापति केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार बिहान नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग बालुवाटारमा कुराकानी गर्ने क्रमम आफू कुनै दल फुटाउने र मिलाउने काममा लागेको छैन जिकिर गरे ।

दल विभाजनको हैन देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले अध्यादेश ल्याएको पनि उनले प्रष्ट पारे ।

यहाँ ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारीबोध गरेर दिन रात नबुझिकन काम गर्छौ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले सञ्चारमाध्यममा समाचार मध्यराति सरकारले अध्यादेश ल्याएको भन्नेबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएको भन्दै सजग रहन आग्रह गरे ।

‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?,’ प्रधानमन्त्री ओलीले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झूठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उनको जोड थियो ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार