मकवानपुर । मकवानपुरबाट लागु औषध चरेस र अफिम सहित २ भारतीय पक्राउ परेका छन् । प्रहरीले २१ किलो ४६० ग्राम लागूऔषध चरेस र ३ किलो ४७० ग्राम अफिम सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
१०१ किलो गाँजासहित एक जना पक्राउ
प्रहरीले १०१ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
आइतबार बिहान ५ बजेर ३० मिनेटको समयमा रातोमाटे चेकपोष्टबाट सवारी साधन रोकी सुरक्षा जाँच गर्दा चितवनबाट वीरगंजतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको भारतीय कारबाट १०१ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले लागूऔषध गाँजासहित पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–२६, अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरेको छ । लागूऔषध गाँजासहित कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया !