लोक आवाज,
काठमाडौँ, असोज २ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदैछ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको चाक्सीबारीमा जन्मिएका सिंहले नेपालको राजनीतिक इतिहासमा आफ्नो नाम अमिट बनाए। जनआन्दोलनको सफल नेतृत्वपछिको सत्ता अवसरमा समेत प्रधानमन्त्री बन्न अस्वीकार गर्दै उनले कृष्णप्रसाद भट्टराईलाई अघि सारे — जुन नेपाली राजनीतिमा त्यागको अनुपम उदाहरण मानिन्छ।
नेपाली कांग्रेसका भ्रातृ संगठनहरू र शुभेच्छुक संस्थाहरूले सिंहको योगदान स्मरण गर्दै आज विशेष कार्यक्रमहरू आयोजना गरेका छन्। कार्यक्रमहरूमा उनको योगदानलाई स्मरण गर्दै लोकतन्त्र र नागरिक स्वतन्त्रताको मूल्यबारे चर्चा गरिँदैछ।२०५४ साल असोज २ गते दिवंगत भएका सिंहको जीवन, सङ्घर्ष र आदर्श आज पनि नेपाली राजनीतिमा प्रेरणाको स्रोतका रूपमा जीवित छ।





प्रतिक्रिया !