जनकपुरधामस्थित वन्डर वाटर ल्याण्ड पार्कमा नयाँ सेवा विस्तार, ‘बगैँचा’सहित आधुनिक सुविधा सुरु

जनकपुरधामस्थित वन्डर वाटर ल्याण्ड पार्कमा नयाँ सेवा विस्तार, ‘बगैँचा’सहित आधुनिक सुविधा सुरु

सुनिल साह ,

जनकपुरधाम — जनकपुर–महेन्द्रनगर सडकखण्डमा सञ्चालित वन्डर वाटर ल्याण्ड पार्कले सेवा विस्तार गर्दै नयाँ–नयाँ आकर्षण थपेको छ। मधेश प्रदेशको जनकपुर क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने उद्देश्यसहित धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, राजदेवी मन्दिर नजिक रहेको यस आधुनिक वाटर पार्कले परिवार, बालबालिका, युवा तथा पर्यटकलाई लक्षित गरी सुरक्षित, स्वच्छ र मनोरञ्जनपूर्ण वातावरण प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

पार्क व्यवस्थापनका अनुसार सेवा सञ्चालनका क्रममा विभिन्न प्रशासनिक, प्राविधिक तथा व्यवस्थापनसम्बन्धी चुनौतीहरू सामना गरिए पनि सेवा प्रवाहलाई निरन्तर, व्यवस्थित र गुणस्तरीय बनाउँदै लगिएको छ। सेवाग्राहीलाई सहज अनुभव दिलाउन सेवा सुधारमा निरन्तर प्रयास भइरहेको उल्लेख गरिएको छ।

यसैक्रममा, बैशाख ७ गतेदेखि सेवा विस्तारको नयाँ चरण सुरु गरिएको छ। “बगैँचा” अवधारणाअन्तर्गत अत्याधुनिक रेस्टुरेन्ट, मिटिङ हल, विभिन्न कार्यक्रमका लागि उपयुक्त ब्यांकेट, बालबालिकाका लागि सुरक्षित खेल क्षेत्र तथा खुला वातावरणमा रमाइलो गर्न सकिने ओपन लाउञ्ज सञ्चालनमा ल्याइएको छ। यी सुविधाले पारिवारिक घुमफिर, शैक्षिक भ्रमण र सामाजिक–सांस्कृतिक कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।

खानपानतर्फ परम्परागत मिथिला परिकारसँगै भारतीय तथा अन्तर्राष्ट्रिय खानाको व्यवस्था गरिएको छ। हरियाली वातावरणमा भोजनको आनन्द लिन सकिने गार्डेन रेस्टुरेन्ट पनि सञ्चालनमा आएको छ।

त्यसैगरी, पर्यटकका लागि सफा, सुरक्षित र आकर्षक आवास सुविधा विस्तार गरिएको छ, जसले सुलभ स्तरमा होटल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

पार्कले आगामी दिनमा थप सेवा विस्तार, गुणस्तर अभिवृद्धि तथा नयाँ आकर्षणहरू थप्दै आफूलाई मधेश प्रदेशकै प्रमुख तथा विश्वसनीय मनोरञ्जन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, “बगैँचा” क्षेत्रमा दैनिक म्युजिकल ब्याण्ड, सांस्कृतिक कार्यक्रम, डिजे र कन्सर्ट आयोजना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार