बायो शौचालय खरिदमा अनियमितता: जनकपुर विकास परिषदका पूर्व अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बायो शौचालय खरिदमा अनियमितता: जनकपुर विकास परिषदका पूर्व अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोक आवाज ,
जनकपुरधाम, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुंगाना, लेखापाल सावित्री कुमारी गिरी तथा खरिदार मनद कुमार चौधरी सूडीलाई प्रतिवादी बनाउँदै ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिनाको आरोप लगाएको हो।

यस प्रकरणमा ईशिता ट्रेडर्स र त्यसका सञ्चालक पशुपतिनाथ पाठकलाई समेत मुद्दामा समावेश गरिएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा बायो शौचालय खरिद प्रक्रियामा मिलेमतो गरी अनियमित रूपमा भुक्तानी गरिएको निष्कर्षसहित आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार सार्वजनिक खरिद प्रक्रियामा नियतवश नियम उल्लंघन गर्दै राज्यकोषमा क्षति पुर्‍याइएको ठहर गरिएको छ।

मुद्दा दायर भएसँगै सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे थप कानुनी परीक्षण अघि बढ्नेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार