लोक आवाज ,
काठमाडौं, १६ चैत – बालेन्द्र शाह ले आज सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
नयाँ सरकार गठनपछि कार्यभार सम्हालेको केही दिनमै सरकारका कामकारबाहीलाई तीव्रता दिन प्रधानमन्त्री शाहले बैठक आह्वान गरेका हुन्। यद्यपि बैठकका एजेण्डा औपचारिक रूपमा सार्वजनिक नगरिए पनि प्रशासनिक सुधार, सुशासन तथा नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि आइतबार प्रधानमन्त्री शाहले विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै तथा सामूहिक रूपमा छलफल गरेका थिए। सो क्रममा उनले मन्त्रालयगत समस्या, आगामी कार्ययोजना र बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका थिए। ती छलफलको आधारमा आजको बैठकमा केही महत्वपूर्ण नीतिगत निर्णय हुन सक्ने बताइएको छ।
विशेषगरी ‘जेन–जी’ आन्दोलनपछिको परिस्थिति, सार्वजनिक सेवाको सरलीकरण तथा देशको वर्तमान आर्थिक अवस्थाबारे मन्त्रिपरिषद्मा गम्भीर छलफल हुने जनाइएको छ। प्रधानमन्त्री शाहले सुरुदेखि नै मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै आएका छन्।




प्रतिक्रिया !