लोक आवाज,
काठमाडौँ मंसिर १५ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ। मंगलदिन त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा दुई खेल आयोजना हुनेछन्।
पहिलो खेल भिन्सर ११:४५ बजे साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुनेछ। लगातार तीन खेल हारिसकेको जनकपुरले प्लेअफ यात्रामा कायम रहनको लागि यो खेलमा जीत आवश्यक छ। त्यस्तै, चितवनले पनि प्लेअफ सम्भावना बलियो बनाउन यो खेल जित्ने प्रयास गर्नेछ। दोस्रो खेल भिन्सर ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुने छ। दुई टोलीका लागि पनि यो खेल प्लेअफको दृष्टिले अत्यन्त महत्त्वपूर्ण रहेको छ। पोखराले पहिलो तीन खेलमध्ये एक खेल मात्र जितेकोले जितको अवस्था प्लेअफ यात्रा सहज बनाउन सक्छ भने कर्णाली प्लेअफका लागि करु या मरु स्थितिमा छ।
मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भइसकेका छन्। हालसम्म सुदूरपश्चिम रोयल्स मात्र १० अंक जोड्दै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।



प्रतिक्रिया !