लोक आवाज,
रौतहट मंसिर १५ । नेकपा एमाले रौतहटबाट एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया पूरा भएको छ। जिल्लाका सबै क्षेत्र र क्लस्टरबाट गरी २४ जना प्रतिनिधि चयन गरिएको पार्टी स्रोतले जनाएको छ।
रौतहट–४ मा मतदान मार्फत प्रतिनिधि छानिए भने बाँकी क्षेत्रहरूमा निर्विरोध चयन भएको हो।
रौतहट–१ बाट बबन सिंह, सचिदा नन्द साह, संजीव यादव, पावन देवी र सरस्वती देवी प्रतिनिधिमा चयन भए।
रौतहट–२ बाट जयचन्द्र प्रसाद पटेल, गौरीशंकर प्रसाद जयसवाल, मोहम्मद जैद आलम र परनिया देवी पटेल निर्वाचित भए।
रौतहट–३ बाट केशव राय, नागेन्द्र राय यादव, जयराम चौधरी, अरविन्द कुमार यादव, जयराम यादव, सञ्जु कुमारी कुशवाहा र कान्ति देवी चयन भए।
रौतहट–४ बाट शिवप्रसाद आचार्य, रामजी साह, शकुन्तला कुमारी, मुना सुवेदी र रवि राना मगर विजयी बने।
दलित क्लस्टरमा जितबहादुर बिक, राम पुकार दास र शोभा कुमारी प्रतिनिधि चयन भएका छन्। एमाले रौतहटले महाधिवेशन तयारी तीव्र बनाएको र सम्पूर्ण प्रतिनिधि सूची केन्द्रमा पठाइसकेको जनाएको छ।




प्रतिक्रिया !