अनैतिक धन्धामाथि कारबाहीको माग, जनकपुरधाममा विरोध प्रदर्शन

अनैतिक धन्धामाथि कारबाहीको माग, जनकपुरधाममा विरोध प्रदर्शन

लोक आवाज,
जनकपुरधाम मङ्सिर १३ । जनकपुरधाममा अनैतिक गतिविधि रोक्न स्थानीयवासी सडकमा उत्रिएका छन्। करबाबा क्षेत्रका होटल तथा गेस्टहाउसहरूमा लामो समयदेखि देहव्यापार यौनजन्य क्रियाकलाप चल्दै आएको आरोप लगाउँदै पिडाडी चोक आसपासका बासिन्दाले कानुनी कारबाहीको माग गरेका छन्।

स्थानीयको भनाइअनुसार यस्ता गतिविधिले समाजमा नकारात्मक प्रभाव परिरहेकाले तत्काल नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको छ। जनकनगर सोसाइटी पिडाडीले देहव्यापार विरुद्ध जनचेतना अभियान सुरु गर्दै अनैतिक क्रियाकलापलाई संरक्षण दिएको भन्दै धनुषा प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेको छ। यौनजन्य क्रियाकलाप सञ्चालनमा संलग्न होटल तथा गेस्टहाउस सञ्चालकहरूलाई स्थानीयले चेतावनी प्रदान गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार