लोक आवाज,
जनकपुरधाम कार्तिक २४ । मधेश प्रदेशमा नेकपा ९एमाले० संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता अर्जुन शाहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ९२० अनुसारको प्रक्रिया नअपनाई उपधारा ९३० अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको दाबी गर्नुभएको छ।
रिटमा प्रदेश प्रमुखको निर्णय संविधानविपरीत भएको भन्दै बदर गर्न माग गरिएको छ। शाहले नेपालको संविधानको धारा १३३ को उपधारा ९२० बमोजिम उत्प्रेषण आदेश जारी गरी प्रदेश प्रमुखको निर्णय खारेज गरी सरकार गठनको प्रक्रिया पुनः अघि बढाउन माग गर्नुभएको हो। रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र मधेश प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाइएको छ। सर्वोच्च अदालतले सो मुद्दा मंगलबार बिहान १० बजेका लागि पेशी तोकेको छ।




प्रतिक्रिया !