लोक आवाज ,
काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद् तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।
काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको गएराति साढे २ बजे मृत्यु भएको हो। मिर्गौला फेल भएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको दुई सातादेखि अस्पतालमा भर्ना गरिएको थियो।
गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि आलमलाई ब्रेन स्ट्रोक भएको थियो। त्यसको दीर्घकालीन असरका कारण उनको निधन भएको चिकित्सकहरूले बताएका छन्।
२०६४ सालमा रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएका हत्याकाण्डमा दोषी ठहर भएका आलम उच्च अदालतको आदेशपछि थुनामुक्त भएका थिए।



प्रतिक्रिया !