लोक आवाज,
काठमाडौँ, असोज ६ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकता ऐन, २०६३’ संशोधन विधेयक प्रमाणीकरण गरेपछि अब नेपाली आमाको नामबाट पनि नागरिकता लिन सजिलो भएको छ।
यसअघि वंशज नागरिकता लिन बाबुको पहिचान अनिवार्य थियो, तर नयाँ संशोधनले बाबुको पहिचान नभएको वा सम्पर्कविहीन अवस्थामा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था गरेको छ। संशोधित ऐन अनुसार, आमाको स्वघोषणामार्फत नागरिकता प्राप्त गर्न सकिनेछ र आमाको मृत्यु वा ठेगाना नहुँदा चिकित्सकीय प्रमाणमार्फत प्रक्रिया अघि बढाउन सकिनेछ।
विदेशमा जन्मिएका नेपाली आमाका सन्तानले पनि बाबुको पहिचान नभएमा स्वघोषणामार्फत नागरिकता पाउने सुविधा उपलब्ध हुनेछ। थर र ठेगाना आमाबाबुमध्ये रोज्न सकिने प्रावधानले नागरिकता प्रक्रिया अझ सरल बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !