लोक आवाज,
पर्सा, असोज १ । वीरगन्जमा चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा आएको छ। खाद्य तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेका छन्।
साल्ट ट्रेडिङका सूचना अधिकारी सञ्जयकुमार गुप्ताका अनुसार, नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइनेछ र एक जनाले अधिकतम ६ किलो नुन मात्र खरिद गर्न पाउनेछन्। ग्राहकले नुन प्रतिकिलो २४ रुपैयाँमा किन्न सक्नेछन्। त्यस्तै, स्टिम जिरा मसिनो, अरुवा चामल र चिनीमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ। २५ किलो जिरा मसिनो चामल २१०० रुपैयाँ र सोना मन्सुली चामल १४५० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ।




प्रतिक्रिया !