सेनापतिको चीन भ्रमण स्थगित

सेनापतिको चीन भ्रमण स्थगित

लोक आवाज,

काठमाडौँ , २६ भदौ। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण अन्तिम क्षणमा स्थगित भएको छ। भदौ २७ गतेदेखि असोज ४ गतेसम्म हुने भनिएको औपचारिक भ्रमण मुलुकभित्र हाल देखिएको विषम परिस्थिति र राजनीतिक अस्थिरताका कारण रोकिएको सैनिक मुख्यालयले जनाएको छ।

सैनिक स्रोतका अनुसार, देशमा पछिल्ला केही दिनयता सुरक्षासम्बन्धी चुनौतीहरू बढिरहेको र राजनीतिक स्तरमा पनि अनिश्चितता गहिरिएको अवस्थालाई मध्यनजर गर्दै भ्रमण स्थगित गर्ने निर्णय गरिएको हो। स्रोतका भनाइमा, “प्रधानसेनापतिको चीन भ्रमण लामो समयअगावै तय भए पनि वर्तमान संकटपूर्ण परिस्थितिले गर्दा तत्काल विदेश यात्रा सम्भव भएन।”

नेपाल र चीनबीच सैनिक सहकार्य विगत लामो समयदेखि रहिआएको छ। विशेषगरी विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, तालिम आदिमा चीनले नेपाली सेनालाई सहयोग गर्दै आएको छ।

प्रधानसेनापति सिग्देलले मुलुकको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै चीन भ्रमण रद्द गर्ने निर्णयलाई “आवश्यक” भन्दै राष्ट्र र जनताको हितलाई नै प्राथमिकतामा राखेको सैनिक मुख्यालयले स्पष्ट पारेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार