लोक आवाज,
काठमाडौँ, भदौ १० । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा पुगेको छ। सोमबार यसै मूल्य तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि हल्का वृद्धि भएको छ। आज चाँदी ५ रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ६० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ। व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग–आपूर्तिको सन्तुलन र मौद्रिक नीतिले सुनचाँदीको भाउमा प्रत्यक्ष असर पारिरहेको छ। लगातार बढ्दो मूल्यका कारण सुन र चाँदी दुबै नयाँ रेकर्डको संघारमा पुगेका छन्।




प्रतिक्रिया !