पर्सामा लाखौं अवैध रकमसहित दुई जना पक्राउ

पर्सामा लाखौं अवैध रकमसहित दुई जना पक्राउ

लोक आवाज,
पर्सा, भदौ ६ । पर्साको वीरगन्ज महानगरपालिका–२ स्थित इदगाहचोकमा प्रहरीले स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले १४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा वीरगन्जका संजयकुमार साह र बाराको शनिकुमार ठाकुर रहेका छन्। दुवै जनाले मोटरसाइकलमा रकम लुकाएर लैजाँदै गरेको सूचनाको आधारमा प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो। उनीहरूले प्रयोग गरेका बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर हाल थप अनुसन्धान भइरहेको छ। स्रोत खुल्न नसकेको रकम सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार