लोक आवाज
भारत भदौ ४ । भारतकी राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आज बिहान जनसुनुवाइ कार्यक्रममा दुर्व्यवहारको प्रयास भएको छ। कार्यक्रमको क्रममा ४१ वर्षीय राजेशभाइ सकरियाले मुख्यमन्त्रीको हात समातेर दुर्व्यवहार गर्न खोजेका थिए।
घटनाका क्रममा मुख्यमन्त्री गुप्ताको टाउको टेबलको कुनामा ठोक्किँदा सामान्य चोट लागेको दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवले जानकारी दिएका छन्। आक्रमणकारीलाई प्रहरीले घटनास्थलमै नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। दिल्ली प्रहरीले पनि घटनाको पुष्टि गर्दै कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।




प्रतिक्रिया !