लोक आवाज , जनकपुरधा, ३० माघ । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–५ मा एक बुहारीले कुटपिट गरी सासूको हत्या गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीया रक्षाकुमारी मण्डल रहेका छन्। उनीमाथि घरायसी विवादका कारण ६५ वर्षीया सासू समुन्द्री देवीलाई कुटपिट गरेको आरोप लागेको छ, जसको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय खजुरीबाट गएको प्रहरी टोलीले आरोपी बुहारी रक्षाकुमारी मण्डललाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण सासूलाई कुटपिट गरेको र उक्त कुटपिटका कारण समुन्द्री देवीको घटनास्थलमै ज्यान गएको पुष्टि भएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार विवादको क्रम एकाएक हिंसात्मक बनेपछि बुहारीले आफ्नो सासूमाथि प्रहार गरिन्। यसअघि पनि घरायसी समस्या रहेको जानकारी आएको भए पनि यो घटना अत्यन्तै गम्भीर रूपमा उत्रिएको हो।
समुन्द्री देवीको शव पोष्टमार्टमका लागि पठाइएको छ, भने आरोपी बुहारीमाथि हत्या अभियोगमा कारबाही अगाडि बढाइएको छ।



प्रतिक्रिया !