समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण, प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइने,

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण, प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइने,

लोक आवाज ,
काठमाडौं, ०५ चैत । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। बिहीबार आयोजित विशेष समारोहमा प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सांसदहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७ सांसद निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट ९, तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार–चार जना सांसद निर्वाचित भएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समग्र प्रतिवेदन आयोगले आज रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।

आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण सम्पन्न गरेसँगै निर्वाचन परिणामसहितको विस्तृत प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार