राजेश हमालको नाम दुरुपयोग गरी १२ लाख भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर,

राजेश हमालको नाम दुरुपयोग गरी १२ लाख भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर,

लोक आवाज ,
काठमाडौँ , ०५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार गरिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अछामको ढकारी गाउँपालिकाले चलचित्र निर्माण गर्ने बहानामा हमालको तस्वीर प्रयोग गरी १२ लाख ७७ हजार २५० रुपैयाँ गैरकानुनी रूपमा भुक्तानी गरेको अनुसन्धानबाट खुलेको हो।

आयोगले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अनुसार, हमालको नाम जोडेर १५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा अधिकांश रकम प्रक्रिया मिचेर भुक्तानी गरिएको पाइएको छ। सार्वजनिक खरिद ऐन विपरीत बिना प्रतिस्पर्धा सोझै सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी पेस्की दिइएको तथा बैंक ग्यारेन्टीसमेत नलिई रकम निकासा गरिएको आरोप छ।

त्यसैगरी, चलचित्र निर्माणका लागि पेश गरिएका बिलहरू शङ्कास्पद तथा नक्कली रहेको र वास्तविक काम नै नगरी सरकारी रकम हिनामिना गरिएको आयोगको दाबी छ।

अख्तियारले गाउँपालिका अध्यक्ष साउदले पदको दुरुपयोग गरी बदनियतपूर्वक कार्य गरेको ठहर गर्दै थप सजायको मागसमेत गरेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार