लोक आवाज ,
काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी रहँदा हालसम्म ८३ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोग का अनुसार सार्वजनिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७ सिटसहित स्पष्ट अग्रस्थानमा देखिएको छ।
हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेस ले ९ सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ३ सिट, नेपाल कम्युनिस्ट पार्टी ले २ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
निर्वाचित उम्मेदवारमध्ये रास्वपाका धेरै उम्मेदवारहरू ठूलो मतान्तरसहित विजयी भएका छन्। रुपन्देही जिल्ला–३ बाट रास्वपाका डा. लेखजंग थापा ५८ हजार ८१४ मतसहित ५० हजार ३७९ मतान्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरे।
रुपन्देही–२ बाट रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित ४३ हजार ६८९ मतान्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे।
मोरङ जिल्ला–६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला ले १२ हजार ८५० मत प्राप्त गरे।
मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे।
धनुषा जिल्ला–३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विमलेन्द्र निधि ले १६ हजार ६५२ मत प्राप्त गरे।
महोत्तरी जिल्ला–१ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेल ले १२ हजार ६२४ मत प्राप्त गरे।
बारा जिल्ला–३ बाट रास्वपाका अरबिन्द साह ३० हजारभन्दा बढी मतान्तरले विजयी भए भने बारा–४ बाट रहबर अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरे।
पर्सा जिल्ला–१ बाट रास्वपाका बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरे।
काठमाडौं का अधिकांश क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। काठमाडौं–१ बाट रञ्जु न्यौपाने, काठमाडौं–२ बाट सुनिल केसी, काठमाडौं–३ बाट राजुनाथ पाण्डे, काठमाडौं–४ बाट पुकार बम, काठमाडौं–५ बाट सस्मित पोखरेल, काठमाडौं–७ बाट गणेश पराजुली, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौं–९ बाट डोलप्रसाद अर्याल र काठमाडौं–१० बाट प्रदीप विष्ट विजयी भएका छन्।
त्यस्तै भक्तपुर जिल्ला–१ बाट रुकेश रञ्जित तथा ललितपुर जिल्ला–१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन्।
चितवन जिल्ला–२ बाट रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित ३९ हजार ८३८ मतान्तरले निर्वाचित भएका छन्।
कांग्रेसका विजयी उम्मेदवार
तेह्रथुम–१ बाट सन्तोष सुब्बा, मनाङ–१ बाट टेकबहादुर गुरुङ, मुस्ताङ–१ बाट योगेश गौचन थकाली, दैलेख–१ बाट वासना थापा, डोटी–१ बाट भरतबहादुर खड्का, अछाम–१ बाट भरतकुमार स्वाँर, सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, जाजरकोट–१ बाट खड्कबहादुर बुढा र कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।
एमालेका विजयी उम्मेदवार
बाँके–२ बाट मोहम्मद इश्तियाक राई, बझाङ–१ बाट ऐनबहादुर महर र दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्।
नेकपाका विजयी उम्मेदवार
रुकुम पूर्व–१ बाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल १० हजार २४० मतसहित विजयी भए भने रोल्पा जिल्ला–१ बाट वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित भएका छन्।
राप्रपाबाट शाही विजयी
जुम्ला जिल्ला–१ बाट राप्रपाका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन्। उनले नेकपाका नरेश भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गरेका हुन्।
स्वतन्त्रबाट महावीर पुन
म्याग्दी जिल्ला–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मतसहित विजयी भएका छन्। उनले एमालेका हरीकृष्ण श्रेष्ठ र कांग्रेसका कर्णबहादुर भण्डारीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।




प्रतिक्रिया !