सबैला नगरपालिका वडा अध्यक्ष सरोज यादवको अनशन: शिक्षक र कर्मचारी माग

सबैला नगरपालिका वडा अध्यक्ष सरोज यादवको अनशन: शिक्षक र कर्मचारी माग

जनकपुरधाम, ०३ फाल्गुन  सबैला नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सरोज कुमार यादवले शिक्षक तथा वडा कार्यालयका लागि आवश्यक कर्मचारी नपाएपछि अनशनमा बसेका छन्। वडा अध्यक्ष यादवले विद्यालयमा आवश्यक शिक्षक र वडा कार्यालयमा कम्प्युटर अपरेटर उपलब्ध गराउन माग गर्दै नगर कार्यपालिका परिसरमा अनशन थालेका हुन्।

 

आठ कक्षासम्म सञ्चालन भइरहेको विद्यालयमा केवल तीन जना शिक्षक रहेको भन्दै अध्यक्ष यादवले थप शिक्षकको व्यवस्था गरिनुपर्ने माग गरेका छन्। उनले जनप्रतिनिधिको जिम्मेवारीमा रहँदा पनि नगरपालिकाबाट विद्यालय र वडा कार्यालयका लागि आवश्यक स्रोतसाधन प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।

 

यादवले यस अघि नगरपालिकाको बजेट तथा योजनाबारे जानकारी मागे पनि कुनै प्रतिक्रिया नपाएको आरोप लगाएका छन्। उनले नगरपालिकाको सूचनामा पहुँच नागरिकको संवैधानिक हक भए पनि, सबैला नगरपालिकाले उक्त कानूनलाई नबेलेको गुनासो गरेका छन्।

 

एक महिनादेखि लगातार माग गर्दै आए पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर अनशन सुरु गरेको उनले बताएका छन्। यादवले अनशनका क्रममा विद्यालय र वडा कार्यालयका लागि आवश्यक शिक्षक तथा कर्मचारी उपलब्ध नभएसम्म अनशन जारी राख्ने अडान लिएका छन्। उनलाई स्थानीय राजिव यादवले पनि साथ दिएका छन्।

 

वडा अध्यक्ष यादवले जनताको हितका लागि काम गर्न अवरोध पुर्‍याउने नगरपालिकाका जनप्रतिनिधिहरूको कार्यशैलीलाई पनि कटाक्ष गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार