जनकपुरधामको हिरा हेल्थकेयर हस्पिटलले मनोमानी शुल्क असुल्न थालेको बिरामीको गुनासो

जनकपुरधामको  हिरा हेल्थकेयर हस्पिटलले मनोमानी शुल्क असुल्न थालेको बिरामीको गुनासो

जनकपुरधाम, माघ २९ –  जनकपुरधाममा सञ्चालित हिरा हेल्थकेयर हस्पिटलले बिरामीसँग मनपरी शुल्क असुल्न थालेको बिरामीहरूले गुनासो गरेका छन्। गत कात्तिकमा सरकारले तोकेको शुल्कअनुसार सेवा प्रवाह गर्ने उद्देश्यसहित सञ्चालनमा आएको यो अस्पतालले अहिले एउटै सेवाका लागि फरकफरक शुल्क लिएको पाइएको छ।

 

बिरामीका अनुसार, अस्पतालले एन.आई.सी.यू. बेड चार्जका लागि दुई बिरामीबाट भिन्न रकम असुलेको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डअनुसार, अस्पतालले विपन्न वर्गका लागि १० प्रतिशत शय्या छुट्याउनुपर्ने र सर्वसुलभ शुल्कमा उपचार सेवा प्रदान गर्नुपर्ने प्रावधान भए पनि, अहिले अस्पतालले ती मापदण्ड पालना नगरी मनपरी शुल्क लिने गरेको उनीहरूको भनाइ छ।

 

हिरा हेल्थकेयर हस्पिटलले बिरामीको उपचारमा पारदर्शिता नभएको र असमान शुल्कले बिरामी र परिवारजनलाई आर्थिक भार थपेको गुनासो उठिरहेको छ।

बिरामीहरूले सरकारले तोकेको मापदण्डअनुसार सेवा नपाएको र अस्पतालले मनोमानी रूपमा असुली गरिरहेको भन्दै अस्पताल प्रशासनलाई कारबाहीको माग गरेका छन्।

 

यो घटनाले जनकपुरधामका बासिन्दामा सरकारी अनुगमन र नियमनको अभावबारे पनि प्रश्न उठाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार