१४ दिनमै श्रम मन्त्री दीपककुमार साह हटाउने तयारीमा प्रधानमन्त्री बालेन शाह,

१४ दिनमै श्रम मन्त्री दीपककुमार साह हटाउने तयारीमा प्रधानमन्त्री बालेन शाह,

लोक आवाज,

काठमाडौं, २६ चैत । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेका छन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ,’ स्रोतले जनाएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा उम्मेदवारका रूपमा महोत्तरी–२ बाट निर्वाचित भएका साह हालै मन्त्री नियुक्त भएका थिए। तर, पदभार सम्हालेको १४ दिनमै उनलाई हटाउने तयारी गरिएको हो।

शैक्षिक रूपमा साहले London School of Hygiene & Tropical Medicine मा ‘पीएचडी स्कलर’ गरेका  छन् भने London School of Economics बाट हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।

त्यस्तै उनले Institute of Medicine बाट पब्लिक हेल्थमा स्नातकोत्तर, अप्टोमेट्रीमा उच्च अध्ययन तथा Nepal Law Campus बाट एलएलबी गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।

सरकारले आजै मन्त्री साहलाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार