२५ वर्षीया रुवीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित, चैत २७ मा मतदान

२५ वर्षीया रुवीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित, चैत २७ मा मतदान

लोक आवाज ,
काठमाडौं , २६  चैत । २५  वर्षीय रुवीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित देखिएको छ । श्रम संस्कृति पार्टीकी ठाकुरलाई बहुमत प्राप्त दल रास्वपाको समर्थन प्राप्त भएकाले उनको जित सुनिश्चित जस्तै बनेको हो ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीले ठाकुरलाई समर्थन गर्ने औपचारिक पुष्टि गरेका छन् । यद्यपि, उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरिसकेकाले निर्वाचन प्रक्रिया भने हुने निश्चित भएको छ ।

यसअघि सभामुख पदमा भने मतदान आवश्यक परेको थिएन । रास्वपाका डीपी अर्याल एक्ला उम्मेदवार भएकाले उनी निर्विरोध सभामुख निर्वाचित भएका थिए ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत २७ गते मतदान हुने कार्यक्रम तय गरिएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार