मधेश प्रदेशमा अनलाइन पत्रकारका लागि समाचार लेखन तथा सम्पादन तालिम सुरु,

मधेश प्रदेशमा अनलाइन पत्रकारका लागि समाचार लेखन तथा सम्पादन तालिम सुरु,

सुनिल साह ,
जनकपुरधाम, २४ चैत – आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीहरूका लागि दुई दिने समाचार लेखन तथा सम्पादन सम्बन्धी तालिम आजदेखि सुरु भएको छ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री महेश प्रसाद यादवले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । कार्यक्रमको अध्यक्षता आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्का ले गरेका छन्।

त्यसैगरी, कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता तथा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव अतिथिका रूपमा उपस्थित रहेका थिए।

मधेश प्रदेशका आठै जिल्लाबाट अनलाइन सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त तालिममा  रासस का निवर्तमान अध्यक्ष पत्रकार धर्मेन्द्र झाले समाचार लेखनसम्बन्धी प्रशिक्षण दिएका छन्।

तालिममार्फत पत्रकारहरूको लेखन तथा सम्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार