मोदीद्वारा रवि लामिछाने र बालेन्द्र साहलाई टेलिफोन, निर्वाचन सफलतामा बधाई,

मोदीद्वारा रवि लामिछाने र बालेन्द्र साहलाई टेलिफोन, निर्वाचन सफलतामा बधाई,

लोक आवाज ,

काठमाडौं , २५ गते । नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साह सँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै रास्वपाले हालै सम्पन्न निर्वाचनमा हासिल गरेको सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन्।

मोदीले रास्वपाले नेपालमा प्राप्त गरेको उल्लेखनीय सफलताप्रति शुभकामना व्यक्त गर्दै आगामी सरकार गठनका लागि पनि शुभेच्छा व्यक्त गरेका छन्। उनले भारत सरकार नेपाल सँग पारस्परिक समृद्धि, विकास र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

साथै उनले भारत–नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। मोदीले संयुक्त प्रयासमार्फत दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा पनि व्यक्त गरेका छन्।

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्रीले पार्टीका शीर्ष नेतासँग टेलिफोन संवाद गर्दै बधाई व्यक्त गरेका हुन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार