सुनिल साह ,
जनकपुरधाम , २४ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादव विजयी भएका छन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पछि पार्दै निर्वाचन जितेका हुन्।
अन्तिम मतपरिणामअनुसार रामजी यादवले २८ हजार ४०४ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।
जनमत पार्टीका अध्यक्ष सीके राउत भने ९ हजार ८८० मतसहित तेस्रो स्थानमा सीमित भए।
यसैगरी चौथो स्थानमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह रहेका छन्। स्वाभिमान पार्टीका उम्मेदवार सिंहले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। उनी यसअघि जनमत पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित भई मधेस प्रदेशको मुख्यमन्त्री बनेका थिए।
नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया !