सुनिल साह ,
जनकपुरधाम , २४ फागुन — सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरेका छन्। त्यस्तै ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८६९ तथा नेपाल कम्युनिस्ट पार्टीका अरुण कुमार साहले १ हजार ६३५ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया !