लोक आवाज ,
झापा , २३ फागुन । झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक भारी मतका साथ विजयी भएका छन्।
पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लिङ्देनले १७ हजार २९४ मत मात्र ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेस का राजेन्द्र कुमार घिमिरेले ८ हजार १९९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का हरि बहादुर राजवंशीले ७ हजार ४९२ मत पाएका छन्।
यस परिणामसँगै झापा–३ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेको छ।




प्रतिक्रिया !