लोक आवाज ,
जनकपुरधाम , २२ फागुन । हालसम्मको मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले देशभरका ७९ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन्।
काठमाडौं, भक्तपुर, कास्की, चितवन, झापा, रूपन्देही, मोरङ, बारा, बाँके र ललितपुर लगायतका प्रमुख जिल्लाहरूमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।
प्राप्त विवरणअनुसार रूपन्देही–२ मा सुलभ खरेल १६ हजार ७८८ मतसहित अग्रस्थानमा छन् भने काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ १६ हजार ५३० मतका साथ अगाडि छन्। त्यस्तै धनुषा–३ मा मनिष झा १५ हजार ५५८ मत, काठमाडौं–६ मा शिशिर खनाल १४ हजार ५९० मत र काठमाडौं–५ मा सस्मित पोखरेल १३ हजार ७०८ मतसहित अग्रता बनाइरहेका छन्।
यसैगरी बारा–३ मा अरबिन्द साह १२ हजार ७४४ मत र मोरङ–४ मा सन्तोष राजवंशी ११ हजार ५९७ मतसहित अगाडि छन्।
सूचीमा चितवन–२ का रवि लामिछाने, भक्तपुर–२ का राजीव खत्री र कास्की–३ की बिना गुरुङजस्ता चर्चित उम्मेदवारहरू पनि अग्रतामा रहेका छन्।
साना तथा मध्यवर्ती जिल्लाहरूमा समेत रास्वपाका उम्मेदवारहरूले निरन्तर अग्रता बनाइरहेका छन्। यद्यपि मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतहरूले बताएका छन्।




प्रतिक्रिया !