धनगढीमा रास्वपाको सभा: रवि लामिछाने र बालेन शाहद्वारा परिवर्तन र विकासको प्रतिबद्धता,

धनगढीमा रास्वपाको सभा: रवि लामिछाने र बालेन शाहद्वारा परिवर्तन र विकासको प्रतिबद्धता,

लोक आवाज ,

धनगढी , ०६ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको सभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मतदातालाई सम्बोधन गर्दै परिवर्तन र विकासको एजेन्डा अघि सारेका छन्।

सभामा बोल्दै लामिछानेले देशमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै रास्वपाले गरेका वाचा पूरा नभए आफू सजाय भोग्न तयार रहेको बताए। उनले विदेश, विशेषगरी भारतमा रहेका नेपालीहरूलाई छुट्टी मिलाएर मतदानमा सहभागी हुन आग्रह गरे।
उनले भने, “देशको अस्तित्व जोगाउने बेला आएको छ, त्यसका लागि रास्वपामा मत हाल्ने यो अवसर ऐतिहासिक हो, यसको सदुपयोग गर्नुस्।”

वरिष्ठ नेता शाहले सुदूरपश्चिमलाई समृद्ध र आकर्षक क्षेत्र बनाउने आफ्नो सपना रहेको उल्लेख गरे। उनले देशलाई ‘स्विट्जरल्यान्ड’सँग तुलना गर्नेभन्दा आफ्नै प्राकृतिक र सांस्कृतिक सम्पदालाई विकासको आधार बनाउने धारणा राखे।
उनले बडीमालिका, खप्तड र रामारोशनजस्ता स्थलको सम्भावना उजागर गर्दै पर्यटन र पहिचानमा आधारित विकास मोडेल आवश्यक रहेको बताए।

शाहले आफू मत माग्न नभई काम गर्न आएको दाबी गर्दै “पहिले गीत, त्यसपछि आवाज, अनि देश बन्छ—सुदूरपश्चिम बन्छ,” भन्ने धारणा व्यक्त गरे।

सभालाई सम्बोधन गर्न लामिछाने मंगलबार बेलुका धनगढी पुगेका थिए भने शाह बुधबार बिहान कार्यक्रममा सहभागी भएका हुन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार