प्रधानमन्त्री ओलीको सम्बोधन: सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउँदै समृद्धिको मार्गमा सरकार प्रतिबद्ध

प्रधानमन्त्री ओलीको सम्बोधन: सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउँदै समृद्धिको मार्गमा सरकार प्रतिबद्ध

लोक आवाज ,

विराटनगर, २७ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकलाई तीव्र समृद्धिको मार्गमा अघि बढाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै आवश्यकतानुसार संशोधन गर्ने र जनताको पक्षमा काम गर्ने स्पष्ट पारे।

 

प्रधानमन्त्री ओलीले यो प्रणालीले सबैलाई प्रतिस्पर्धा गर्ने अवसर दिने बताएका छन्। उनले व्यवस्थाविरोधी आवाज उठाउनुको सट्टा संविधानसम्मत र शान्तिपूर्ण बाटोबाट समृद्धिको यात्रा गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, उनले जनताको गरिबी र पछौटेपन अन्त्य गर्दै मुलुकलाई न्यायोचित रूपमा अघि बढाउन रोजगार र उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

 

प्रधानमन्त्री ओलीले नेपालको भौगोलिक, सांस्कृतिक, र जातीय विविधता मनन गर्दै एकता र विविधताको सन्तुलनमा नेपालको गौरवशाली इतिहासलाई समृद्ध बनाउन नागरिकको भूमिकाको महत्त्व पनि उल्लेख गरे। यसअघि, पूर्वाञ्चल विश्वविद्यालयको १३औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले शिक्षाको महत्त्व र विश्वविद्यालयको योगदानको प्रशंसा गरेका थिए।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार